नयाँ बर्ष तिमी हरघर मा खुशी को उत्सव बनेर आउ

प्रत्येक बर्ष तिमी महोत्सव बनेर आउ ।

हामी आतुर छौ तिमीलाई बेहुली झै भित्र्याउन्

सबैको आशा अनि भरोसा बनेर आउ । ।


बढ्दै गरेका पाइला हरु मा गन्तब्यको पथ बनेर आउ

बेसाहारा हरु लाई साहारा को छत बनेर आउ ।

कयौ नानी हरु बेबारिशे सडक मा सुतिरहेछन्

ती गल्ली हरु मा सुनौलो रात बनेर आउ ।

नयाँ बर्ष तिमी जिबन परिवर्तन अनि उन्मात बनेर आउ । ।


गरिवी ले विदेशिएका हजारौ तन हरु छन यहाँ

बा आमा बृदाश्रम राख्ने अरबपती मन हरु छन यहाँ ।

फोहोर झै झाडी मा फालिएका नाबालिक लास हरु भेट्न्छन यहाँ

राजनितिको फोहोरी खेल सँग सजाइएका बास हरु छन यहाँ

नयाँ बर्ष तिमी युगान्तर्कारी परिवर्तन बनेर आउ 

सबै को आशा अनि भरोशा बनेर आउ । ।


अन्यायले दविएका हजारौ आत्मा हरु छन यहाँ

ती आत्माहरु मा न्याय को दिप बनेर आउ ।

आधुनिकताको नाममा पहिचान बिर्सिदैछन यहाँ

मानब मस्तिस्कमा सत्बुद्धी बनेर आउ ।

नयाँ बर्ष तिमी हरघर मा खुशी को उत्सब बनेर आउ

प्र्त्यक बर्ष तिमी महोत्सव बनेर आउ । । 

प्र्त्यक बर्ष तिमी महोत्सव बनेर आउ । । 


– सरु धिताल, न्युपोर्ट्न्युज्,भर्जिनिया,२३६०६